काठमाडौँ । नेपाली काँग्रेस बैतडीका सभापति एवम नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले विशेष महाधिवेशनले सदस्यदेखि सभापतिसम्मको साझा काँग्रेस बनाउने विश्वास गरेका छन् ।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै चन्दले देशले परिवर्तन खोजेको समयमा विशेष महाधिवेशन हुन लागेको भन्दै चार महिना पछारिएको काँग्रेस अब जागेको बताएका छन् । उनले काँग्रेसले नै परिवर्तनको नेतृत्व गर्ने भन्दै विशेष महाधिवेशनले पार्टी भित्रका सबै विकृति अन्त्य गर्ने संकल्प लिनुपर्ने धारणा राखेका थिए ।
FACEBOOK COMMENTS