काठमाडौं । नेकपा एमालेका नवनिर्वाचत अध्यक्ष केपी शर्मा ओलीले प्यानलबाट महाधिवेशनमा प्रतिस्धर्पा भए पनि अब कुनै प्यानल नभएको बताएका छन् ।
११ औँ महाधिवेशनपछि पहिलो केन्द्रीय कमिटी बैठकलाई शुक्रबार बबरमहलको कार्की ब्याक्वेटमा सम्बोधन गर्दै ओलीले एमाले प्यानल नभएको घोषणा गरेका हुन् ।
‘महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा पनि भयो । तर अब केन्द्रीय कमिटीमा प्यानल छैन ।
यो देश हाँक्ने केन्द्रीय कमिटी हो,’ ओलीले भने, ‘यसैले एमालेमा अब कुनै प्यानल छैन ।’
देश अप्ठ्यारोमा रहेको भन्दै उनले अप्ठ्यारोविरुद्ध एकजुट भएर काम गर्नुपर्ने उनले बताए ।

FACEBOOK COMMENTS