काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या टुंगो लागेको छ ।
सोमबार प्रतिनिधिहरको टुंगो नलाग्दा बन्दसत्र सुरु हुन सकेको थिएन । निर्वाचन समितिका अनुसार, महाधिवेशनमा ३ हजार ८ सय ४९ प्रतिनिधि सहभागी हुनेछन्न् ।
चितवनमा जारी महाधिवेशनमा कोशी प्रदेशबाट ५५१, बागमतीबाट ५०८, गण्डकीबाट ३५६, लुम्बिनीबाट ५२२, मधेशबाट ५४०, कर्णालीबाट ३१३ र सुदूरपश्चिमबाट ४०० जना प्रतिनिधि सहभागी हुने छन् ।