काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ २४, २५ र २६ गते १५औं महाधिवेशन हुने प्रस्ताव गरेका छन् ।
केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले भदौमा महाधिवेशनको मिति प्रस्ताव गर्दै अब काँग्रेस महाधिवेशनमा केन्द्रित हुने बताएका हुन् ।
उनले काँग्रेसले सबै क्रियाशील सदस्यताको नयाँ अध्यावधिक गरेर पार्टीलाई पुनर्जीवित गर्ने अभियान शुरु हुने बताएका छन् ।
सभापति थापाले चैत्र महिनादेखि भदौसम्म पार्टीका महाधिवेशनका गतिविधि गर्ने भन्दै वडा, स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशनको मिति तोकेर महाधिवेशनको मिति प्रस्ताव गरेका छन् ।
उनले केन्द्रीय समितिमा नभएका सबै नेताहरुलाई महाधिवेशनमा केन्द्रित हुन आग्रह गर्दै विशेष अवस्थामा विशेष महाधिवेशन भएकोले अब त्यो बिर्सेर अगाडी बढ्न आव्हान गरेका छन् ।

FACEBOOK COMMENTS