काठमाडौं- नेपाली बीमाबजारमा नयाँ ईन्स्योरेन्स कम्पनी जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले बुधबारदेखि कारोबार शुरु गरेको छ ।
कम्पनीले बीमा समितिबाट संचालनको अन्तिम स्वीकृतिप्राप्त गरे पश्चात् बुधबारबाट कम्पनीको कर्पाेरेट कार्यालय काठमाडौं हात्तिसारबाट कम्पनीका अध्यक्ष कुनाल क्याल बाट कार्यालय उद्घाटन गरेको हो ।
कम्पनीको कूलचुक्ता पुँजीमध्ये ७० प्रतिशत लगानी संस्थापकको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहने यस कम्पनिको चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेको छ ।
नेपालीका लागी बीमाको नयाँ प्याकेज लिएर देशैभर शाखा सञ्जालमार्फतआफ्नो दरिलो उपस्थितिजनाउने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS