काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आगामी मंसिर २ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । बैंकले सो दिन बिहान ११ बजे आफ्नो २७औं वार्षिक साधारणसभा भर्च्युअल माध्यमबाट गर्न लागेको हो ।
बैंकले निर्वाचन भने भौतिक रुपमा कमलादीमा रहेको बैंकको रजिष्टर्ड कार्यालयमा गर्ने निर्णय गरेको छ ।
सभाले बैंक सञ्चालक समितिको बैठकको प्रस्ताव बमोजिम सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र ३.५० प्रतिशत नगद (करसमेत) गरी कूल १५.५० प्रतिशत लाभांश पारित गर्दै छ ।
सभामा जाने प्रयोजनको लागि बैंकले आगामी कार्त्तिक १५ गते बुक क्लोज गर्दै छ ।
त्यस्तै, सभाले कूल ६ जना सञ्चालकलाई निर्वाचित गर्ने भएको छ । बैंकको आगामी ४ वर्षे कार्यकालको लागि बैंकको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकलाई निर्वाचित गरिने विशेष प्रस्ताव रहेको छ ।
FACEBOOK COMMENTS