काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा बन्द भएको छ।
नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार १२ अर्ब १० करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ८ अर्ब ८१ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३२८ वटा धितोपत्रको दुई करोड १३ लाख १८ हजार ९२९ कित्ता सेयर किनबेच भएको हो। बिहीबार ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ वटाको घटेको छ। यस्तै, १२ कम्पनी स्थिर छन्।
यसदिन ६ कम्पनीमा सकारात्मक सर्किट लागेको छ। रिलायन्स स्पिनिङ मिल्स, रिज लाइफ इनर्जी र सूर्यकुन्ड हाइड्रोपारको सेयर मूल्य १० प्रतिशत, भुजुङ हाइड्रोपावर र सुपर खुदी हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशत र होटल फरेस्ट इनको ९.९८ प्रतिशतका दरले बढेको छ।