काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी सरकारले आफुलाई गिरफ्तार गर्ने भन्दै मिडिया ट्रायल गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले आफुले देश र राष्ट्रियताको पक्षमा सत्य बोलेको भन्दै जेनजी आन्दोलनको नाममा बनेको यो सरकारले अमानवीय र अलोकतान्त्रिक गतिविधि देखाए त्यसको सामना गर्न
नेपाली युवा सधैँ तयार रहेको चेतावनी समेत दिएका छन् ।
उनले भनेका छन्–
वर्तमान जेनजी सरकारले मलाई गिरफ्तार गर्ने भन्दै, मिडिया ट्रायल चलाइरहेको देखिन्छ । कृपया यस्तो कुकर्म नगरेको राम्रो ।
राष्ट्रियता, लोकतन्त्र र समृद्धिका निम्ति विदेशी दलालहरूले नेपाललाई ध्वस्त पार्न खोजिरहेका दानवीय प्रवृत्तिहरूको विरुद्ध मैले आवाज उठाएको कारण सत्ताधारीहरूको सातोपुत्लो गएको हुन सक्छ ।
तर यति मात्र भन्न चाहन्छु मैले देश र राष्ट्रियताको पक्षमासत्य बोलेको छु, र मेरो ज्यानको अन्तिम सास रहुन्जेल पनि त्यसै पक्षमा बोलिरहनेछु ।
छोटो समयका लागि बनेको जेनजी आन्दोलनको नाममा बनेको यो सरकारले यदि अमानवीय र अलोकतान्त्रिक गतिविधि देखाउँछ भने, त्यो सामना गर्न नेपाली युवा सधैँ तयार छन् ।
एमालेका अध्यक्षको बासस्थान व्यवस्थापन, सार्वजनिक वक्तव्य, भेटघाट कार्यक्रम, र सचिवालय बैठकको आयोजनामा मैले खेलेको भूमिकाप्रति यो असंवैधानिक सरकार थरथरी कामिरहेको छ ।
यो मेरो दायित्व हो । र कसैले ह्यारेसमेन्ट गरेर मलाई मेरो दायित्वबाट पन्छ्याउन सक्दैन ।
FACEBOOK COMMENTS