काठमाडौं । नेपाली काँग्रेसका सांसद भिष्म आङ्देम्बेले काँग्रेसले परिवर्तनलाई आत्मसाथ गर्दै जेनजी आन्दोलनले उठाएको विषयलाई निष्कर्षमा पुर्याउन तयार रहेको बताएका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता आङ्देम्बेले काँग्रेस आफु परिवर्तन भएर चुनावमा गएको भएपनि जनतामा आफ्ना कुरा पुर्याउन नसक्दा प्रतिपक्षमा रहन पुगेको बताए । उनले विगत ३०–३५ बर्षमा केहि भएन भन्ने भाष्य यो संसदले चिर्नुपर्ने भन्दै विकासका कामको उदाहरण दिएका थिए । उनले सडक, सञ्चार, वित्तीय संस्था, खानेपानी जस्ता क्षेत्रमा प्रशस्त काम भएको उल्लेख गरे । उनले केहि भएन भन्ने निराशा सत्यको जगमा नरहेको बताउदै अब नागरिकलाई विश्वासमा लिएर अगाडी बढ्नुपर्ने बताए ।
उनले संसद भवन भदौ २४ गते खरानी बनाइएको बताउदै भविष्यमा देशलाई यसरी खरानी बनाउन नपर्ने गरि काम गर्नुपर्ने बताए । उनले भदौ २३ र २४ को घटना दुवैको एक एक विषयको छानबिन र अध्ययन हुनुपर्ने बताए । उनले गौरी बहादुर कार्कीको प्रतिवेदन अहिलेसम्म सरकारले सार्बजनिक गर्न माग गर्दै दोषी कोहि नछुटुन र निर्दोष कोहि नपरुन भन्ने काँग्रेसको नीति रहेको बताए ।