काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापाले रास्वपाको अघोषित नेतृत्वमा भदौ २३ र २४ को जेनजी आन्दोलन भएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता थापाले भदौ २३ र २४ को जेनजी आन्दोलनमा रास्वपाले अघोषित नेतृत्व गरेको र फागुन २१ गते देशमा निलो क्रान्ति भएको बताएका छन् ।
उनले नेपालमा अहिलेसम्मका घटनामा नेपाली सेना, सुशिला कार्की नेतृत्वको सरकार, कार्की आयोग र कर्मचारी तन्त्रको सहयोग रहेको समेत आरोप लगाए । त्यस्तै थापाले टिओबी, मिडिया ट्रायल, अल्गोरेदिम, बारबरा फाउन्डेसनआदिको भूमिकामा अहिलेको अवस्था आएको बताउदै सबै शक्तिलाई व्यंग्यात्मकरुपमा बधाई दिएका थिए ।
नेता थापाले जनताले आफुहरुलाई विपक्षमा रहने जनादेश दिएको बताउदै आफुहरुले विपक्षीको मोर्चाबाट सशक्त रुपमा सरकारले गरेका गलत कामको विषय उठाउने स्पष्ट गरे ।
रास्वपाको विजयमा सेनादेखि बारबरा फाउन्डेसनको योगदान छ : बादल
नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थाहा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टीको ‘चामत्कारिक विजय’मा नेपाली सेनादेखि बारबरा फाउन्डेसनलगायतका शक्तिको साथ भएको बताएका छन् ।

बिहीबार संसदको पहिलो बैठकमा बोल्दै बादलले टीओबीलगायत समूहको पनि साथ भएको भन्दै त्यसलाई एआई र गोयबल्स तरिका गरिएको बताए ।

उनले भने, ‘शान्ति र समृद्धिका नायकलाई खुंखार खलनायकको रूपमा चित्रित गरेको र देश चलाउनेलाई नायकको रूपमा चित्रित गरिएको छ ।’ आफ्नो प्रश्न भने जारी हुने भन्दै बादलले भने, ‘हामी निरन्तर गरिमामय सदनमा आवाज घन्काउनेछौँ ।’

सम्बोधनमा बादलले रास्वपालाई बधाई दिए भने भदौ २३ र २४ का शहीदलाई पनि स्मरण गरे । पराजयबाट सिकेर अगाडि जाने उनले बताए ।
FACEBOOK COMMENTS