विराटनगर । जेनजी आन्दोलनका क्रममा सुनसरीको इटहरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते युवाको घटनास्थलमै मृत्यु भएको हो ।
इटहरी उपमहानगरपालिका कार्यालय अगाडि दिउँसोदेखिको प्रदर्शन नियन्त्रणमा नआएपछि साढे ३ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कफ्र्यु लगाइएको छ ।
त्यसपछि पनि प्रदर्शन नरोकिएपछि प्रहरीले अश्रुग्यास र गोली चलाएको हो । गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS