झापा – झापाको दमकमा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।
प्रहरीले भीड नियन्त्रण गर्न हस्तक्षेप गरेको बताइएको छ । दमक चोकबाट जुलुस सुरु गरी दमक नगरपालिका पुगेका प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको पुत्ला जलाउनुका साथै नगरपालिकाको गेट तोडफोड गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो ।
प्रहरीका अनुसार, प्रदर्शनकारीहरूले नगरपालिका परिसरमा केही मोटरसाइकलमा आगजनी गर्नुका साथै सीसी क्यामेराहरू पनि तोडफोड गरेका थिए । झापाका प्रहरी प्रमुख एसपी राजन लिम्बूले स्थिति नियन्त्रणबाहिर गएपछि हवाई फायर गरिएको जानकारी दिएका छन् ।
स्थानीयका अनुसार, प्रहरीको गोली लागेर कमल(५, झापाका प्रकाश भट्टराई घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको र हाल दमक अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घटनास्थलमा थप सुरक्षाकर्मी पठाइएको छ ।
FACEBOOK COMMENTS