काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि समर्थन जनाएका छन् ।
उमेर हदबन्दीका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उनले सञ्जालमार्फत जानकारी गराएका छन् ।
उनले भनेका छन-
भोलीको र्याली स्पष्ट स्वस्फूर्तरुपमा जेन जी को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जस्को लागि म पनि अझै बुढो देखिन्छु ।
मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ । भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला ।
म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ । प्रिय जेन जी भन्नुस् तपाईँहरुले कस्तो देश देख्न चाहनु हुन्छ रु
FACEBOOK COMMENTS