काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ नजिकिँदै गर्दा विराटनगर किङ्सले दुई प्रमुख अन्तर्राष्ट्रिय खेलाडी, स्कटल्याण्डका आक्रामक ओपनर जर्ज मन्सी र अस्ट्रेलियाली ब्याटिङ स्टार साम हिजलेट, को नेपाल आगमनको घोषणा गर्दै उनीहरूलाई टोलीमा स्वागत गरेको छ ।
दुवै खेलाडी आज काठमाडौं अवतरण गर्दै औपचारिक रूपमा टोलीसँग जोडिएका छन् र आगामी सिजनका लागि प्रशिक्षण तथा तयारीमा जुटिरहेका छन्।स्कटल्याण्डका लागि टी–२० र एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शनका कारण चर्चित मन्सी उच्च स्ट्राइक रेट, आक्रामक ब्याटिङशैली र अन्तर्राष्ट्रिय मञ्चमा देखाएको निरन्तरताका लागि प्रसिद्ध छन् ।
नेदरल्याण्डविरुद्धको उनका टी–२० शतक र विभिन्न आईसीसी क्वालिफायरमा दिएको योगदानले उनलाई विश्वस्तरको प्रभावशाली टप–अर्डर ब्याट्सम्यानको रूपमा स्थापितगरेकाछन् ।
मन्सीको समावेशले विराटनगर किङ्सको ब्याटिङ लाइनअपमा बलियो शक्ति, तीव्रता र अनुभव थपिएको छ।त्यस्तै, अस्ट्रेलियाको प्रतिष्ठित बिग ब्यास लिग (बीबीएल) मा ब्रिस्बेन हीट र होबार्ट हरिकेन्सका लागि खेलेर अनुभव आर्जन गरेका साम हिजलेट आकर्षक स्ट्रोकप्ले, बाँयाहाते सौन्दर्यपूर्ण टेक्निक र इनिङ्सलाई तीव्र गतिमा अघि बढाउने क्षमताका लागिपरिचित छन् ।
उनको आगमनले विराटनगर किङ्सको मध्य तथा शीर्ष क्रम दुवैलाई स्थिरता र आक्रमकता प्रदान गर्ने विश्वासलिइएको छ।मन्सी र हिजलेट दुवैजना टोलीमा जोडिएसँगै मार्टिन गुप्टिल, फाफ डु प्लेसिसजस्ता अन्तर्राष्ट्रिय चर्चित खेलाडीहरू र राष्ट्रियस्तरका प्रतिभाहरू मिलेर विराटनगर किङ्सले यस सिजनमा उपाधि जित्ने लक्ष्यलाई अझ मजबुत बनाएको छ। अनुभवी विदेशीखेलाडी र उदाउँदो नेपाली प्रतिभाको संयुक्त संयोजनले यस सिजनलाई विराटनगर किङ्सको अहिलेसम्मकै सबैभन्दा रोमाञ्चकअभियान बनाउने अपेक्षा गरिएको छ ।

FACEBOOK COMMENTS