काठमाण्डौ । ग्लोकल प्रालि द्वारा आयोजित “गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टीन हिरो २०२४” रुकुमका १९ वर्षीय कार्यकर्ता घनश्याम विश्वकर्माले, जित्न सफल भएका छन् ।
ग्लोकल टिन हिरोले विगत दशकदेखि विभिन्न क्षेत्रमा विशिष्टता हासिल गर्ने किशोरकिशोरीहरुलाई सम्मानित गर्दै आएको छ, जसले समुदायमा महत्वपूर्ण योगदान दिएका छन्। ग्लोकल टिन हिरो नेपालले किशोरकिशोरीहरूको सृजनात्मकता, उत्साह र योगदानलाई गहिरो रूपमा कदर गर्दै उनीहरूलाई ग्लोबल र लोकल डोमेनमा सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरित गर्ने लक्ष्य राखेको छ ।
शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा आज अवार्ड कार्यक्रमको बीच ग्लोकल टीन हिरो नेपाल, २०२४ को घोषणा द् सोल्टी काठमाडौमा गरिएको हो ।
गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी आशिष पन्थी, प्राविधिक शिक्षक, कपिलवस्तु; निश्चल भट्टराई, शैक्षिक कार्यकर्ता, स्याङ्जा; पूर्णिमा तिम्सिना, बाल अधिकार कार्यकर्ता, झापा; सजनी शर्मा, सामाजिक कार्यकर्ता, कास्की र श्रीजय सुवेदी, प्राविधिक उत्साही, पर्सा बीच ग्लोकल टीन हिरो चयन गरिएको थियो ।
घनश्याम विश्वकर्मा एक सामाजिक कार्यकर्ता हुन्, जो रुकुमबाट बालबालिका र किशोरकिशोरीहरूको अधिकार र भलाइका लागि आठ वर्षभन्दा बढी समयदेखि अभियान चलाउँदै आएका छन्।
FACEBOOK COMMENTS