काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्यमा घनश्याम भुसाल मनोनित भएका छन्।
उनलाई शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले सचिवालय सदस्यमा मनोनित गरेको पार्टी उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए।
भुसालले शुक्रबार पार्टीमा प्रवेश गरेका थिए। गत मंसिर ४ गते भएको निर्वाचनमा उनी स्वतन्त्र चुनाव लडेका थिए। नेकपा एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनलाई तत्कालीन सत्ता गठबन्धनको समर्थन थियो। तर उनी पराजित भएका थिए।
अहिले उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।
FACEBOOK COMMENTS