काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले १६ जना केन्द्रीय सदस्यहरु थप गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको केन्द्रीय सदस्य बैठकले १६ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको हो । यसअघि २४ सदस्यीय केन्द्रीय समिति रहेकामा अब ४० सदस्यीय पुगेको छ ।
त्यसैगरी सो पार्टीले केन्द्रीय समिति विस्तार गरी ४० सदस्यीय बनाएको छ । २४ सदस्यबाट १६ जना थप गर्दै ४० सदस्यीय बनाएको हो । बैठकले निशा मेहता, विन्दवासिनी कंसाकार, रूपा शङ्कर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका सङ्ग्रौला ज्वाला, हरि भट्ट, ध्रुव गिरी, लीमा अधिकारी, रमेश प्रसाईं, अर्जुन अधिकारी, क्रान्तिशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्रीलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए । बैठकले आगामी वैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनमा जान तयार रहने निर्णय पनि गरेको छ ।
सर्वोच्च अदालतले माघ १३ गते पार्टी सभापति लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि रास्वपाका सभापति रवि छामिछानेले राजीनामा दिएका थिए । गृह मन्त्रालय नपाएपछि रास्वपाले सरकारलाई दिएको समर्थन यथावत् राख्दै २२ माघमा सरकारबाट बाहिरिएको थियो ।
FACEBOOK COMMENTS