![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनाको तुलनामा फागुन महिनामा झिनो अंकले मात्र घरजग्गा कारोबार बढेको छ । गत आर्थिक वर्षको सुरुदेखि नै मन्दी छाएको घरजग्गा कारोबारमा अहिले पनि प्रभाव उस्तै नै छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार फागुन महिनामा देशभर ५० हजार ९९८ संख्यामा घर जग्गा कारोबार भएको छ । माघमा भने ५० हजार ९२१ संख्यामा घर जग्गा कारोबार भएको थियो ।
यता, घर जग्गा कोरोबार झिनो अंकले बढेपनि राजस्व भने ओरालो लागेको तथ्यांकले देखाएको छ । घर जग्गा कारोबारबाट सरकारलाई माघ महिनामा ३ अर्ब ५९ करोड २६ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ । यसअघि माघमा ३ अर्ब ७१ करोड २८ रुपैयाँ राजस्व प्राप्त भएको थियो ।
यस्तै, फागुन महिनाको घरजग्गा कारोबारमार्फत सरकारले १ अर्ब २८ करोड ५० लाख ५८ हजार १७७ रुपैयाँ पुँजीगत लाभकर आम्दानी उठाएको छ । माघ महिनामा सरकारले यस्तो आम्दानी १ अर्ब १९ करोड ९६ लाख ७३ हजार ३ सय ८३ रुपैयाँ आर्जन गरेको थियो ।
विभागको तथ्यांकअनुसार साउनमा ३९ हजार २६३, भदौमा ३५ हजार ६८६, असोजमा ४७ हजार ३९८, कात्तिकमा २६ हजार ४६र मंसिरमा ४१ हजार ८५१ वटा घर जग्गा किनबेच भएका थिए ।
FACEBOOK COMMENTS