काठमाडाैं । ट्राफिक प्रहरीका अनुसार यसवर्षको दसैँमा आइतबार सबैभन्दा बढी यात्रुले राजधानी छाडेका छन् । आइतबार एक लाख ५६ हजार यात्रुले राजधानी छाडेको पाइएको छ । त्यसअघि शनिबार एक लाख १६ हजार यात्रुले राजधानी छाडेको अभिलेख छ ।
यही असोज १० गतेदेखि यात्रु बाहिरिने क्रम बढेको हो । प्रहरीका अनुसार घटस्थापनाको उक्त दिन आठ हजार सात सय २९ सवारीसाधानमा ४५ हजार आठ सय २३ यात्रु भित्रिएका थिए भने आठ हजार नौ सय चार सवारी साधानमा ६० हजार आठ सय ४१ यात्रु बाहिरिए ।
असोज ११ गते आठ हजार चार सय २७ सवारी साधानमार्फत ४५ हजार ३३ यात्रु भित्रिएका थिए । त्यस दिन नौ हजार एक सय ६१ सवारी साधनमार्फत ६२ हजार चार सय ३२ यात्रु बाहिरिएको अभिलेख छ ।
यस्तै असोज १२ गते आठ हजार नौ सवारी साधनमार्फत ४५ हजार दुई सय ६० यात्रु भित्रिए । त्यस दिन १० हजार ८६ सवारी साधनबाट ७१ हजार सात सय ६३ यात्रु बाहिरिए । यस्तै असोज १३ गते आठ हजार २३ सवारीमार्फत सोही हाराहारीमा यात्रु भित्रिएकामा १० हजार दुई सय १९ सवारीमार्फत ७४ हजार तीन सय ६२ यात्रु बाहिरिए ।
यही असोज १४ गते सात हजार चार सय ६० सवारीमार्फत ३७ हजार तीन सय ४० यात्रु भित्रिँदा १० हजार दुई सय ६७ सवारी साधनमार्फत ८४ हजार ८७ यात्रु बाहिरिएको तथ्याङ्क छ ।
FACEBOOK COMMENTS