काठमाडाैं । देशैभर घरजग्गा कारोबार घट्दो छ । चालु आर्थिक वर्षको ३ महिनामा गत आर्थिक वर्षको ३ महिनाको तुलनामा घरजग्गा कारोबार आधाले घटेको छ ।
गत आर्थिक वर्षको साउन, भदौ र असोजमा ५ लाख ६२ हजार २९४ घरजग्गा कारोबार भएकोमा चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा जम्मा २ लाख ८१ हजार ७९५ घरजग्गा कारोबार भएको छ ।
भूमी व्यवस्थपन तथा अभिलेख विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षको ३ महिनाको अवधिको तुलनामा चालु आ।व।को ३ महिनाको कारोबार ४९.८८ प्रतिशतले घटेको हो ।
कारोबार र कित्ताकाटमा कमी आउँदा यसको असर राजस्व संकलनमा देखिएको छ । गत आर्थिक वर्षको साउन, भदौ र असोज (प्रथम त्रैमास)मा घरजग्गा कारोबारबाट २३ अर्ब ७३ करोड राजस्व संकलन भएको थियो । तर, चालु आर्थिक वर्षको यो अवधिमा जम्मा ८ अर्ब ८६ करोड मात्रै राजस्व उठेको छ । यो भनेको गत आर्थिक वर्षको ३ महिनाको तुलनामा ६२.६३ प्रतिशतले कमी हो ।
FACEBOOK COMMENTS