काठमाडौ । संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड सम्बन्धमा संसदमा पेश गर्दा मूल मर्मलाई भत्काउने गरी तोडमोड गरिएको विषयमा छानबिन समिति गठन गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय लगत्तै सभामुखले छानबिन समितिबारे परामर्श सुरु गरेका छन् ।
समिति सभापति रामहरि खतिवडाले बैठकका निर्णयबारे मौखिक जानकारी गराए । सभामुखले खतिवडासहित एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामुकमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपा प्रमुख सचेतक सन्तोष परियारसँग परामर्श गरेका छन् ।
सभामुखले छानबिन समितिको मोडालिटी र टीओआरबारे छलफल गरे । नेताहरूले प्रधानमन्त्री देशबाहिर रहेकाले उनी फर्केपछि प्रमुख दलका शीर्ष नेताहरूसँगको समेत परामर्शमा समिति गठन गर्न सुझाव दिए ।
संसदका महासचिव पद्मप्रसाद पाण्डेयले सचिवालय सचिव ९प्रशासन० डा। रोजनाथ पाण्डेलाई प्रशासनिक छानबिन र कागजात अभिलेखिकरणका लागि तोकेको सभामुखलाई जानकारी गराए ।