काठमाडौं । घोराही सिमेन्टले स्थगन भएको साधारण सेयरको सार्वजनिक निष्कासन तथा पुनः बिक्री सुरु गरेको छ ।
फर्जी आवेदन परेपछि असार ४ गतेबाट स्थगन रहेको सेयर पुनः आजदेखि खुला गरेको छ । आवेदकले आवेदन दिन चाहेमा आईतबारसम्म आवेदन दिन सकिने छ ।
बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले आइतबारसम्म आवेदन दिन पाउने सूचना निकालेको छ ।
बिक्री प्रबन्धकका अनुसार निष्कासन प्रकृया छिटोमा २४ गते र ढिलोमा असार ३१ गतेसम्म कायम रहेन छ । माग बमोजिम सेयर परेमा त्यो भन्दा अघि नै निष्कासन बन्द हुने जनाएको छ ।
यस्तै यसअघि आवेदन दिएका आवेदकले सेयर संख्या थप घट वा आवेदन फिर्ता लिन चाहेमा आजदेखि २४ गते आइतबार बैंकिङ समयसम्म पाइने छ । त्यसका लागि आफुले सेयर भरेको बैंक तथा वित्तीय संस्थामा गएर लिखित आवेदन दिन सकिने छ ।
FACEBOOK COMMENTS