काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आरजे म्यूजिक एण्ड फिल्म्सले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको जानकारी दिएको हो ।
यो चलचित्रबाट मोडल कुन्साङ बम्जनले डेब्यु गर्दैछन् भने नायिका एलिजा गौतम रहनेछिन् । आरजे म्यूजिक एण्ड फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता रामजी दैलेखी हुन् । आगामी माघबाट ‘घुइँचो’को छायांकन गर्ने निर्माण कम्पनीले जनाएको छ । निर्माता दैलेखीले चलचित्रको कथावस्तु बलियो भएकाले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे ।
निर्देशक लामाले चलचित्र सुःख(दुःख, सपना, इमान्दार र बेइमानहरुको घुइँचो रहेको बताए ।
FACEBOOK COMMENTS