काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि–स्टेट प्रकरणबारे काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग सोध्न आग्रह गरेका छन् ।
आज सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले गिरिबन्धु टि–स्टेटमा भएको भ्रष्टाचारबारे काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’लाई सोध्न आग्रह गरेका हुन् ।
उनले सञ्चारकर्मीको गिरिबन्धु टि–स्टेबारे प्रश्न उठिरहेको छ नि भन्ने प्रश्नको जवाफ दिँदै ओलीले प्रमुख साहलाई सोध्न आग्रह गरेका हुन् । प्रमुख साहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरिबन्धु टि–स्टेटमा भएको १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउनुस् भन्दै आरोप लगाएका थिए ।
सञ्चारकर्मीहरुको गिरिबन्धु टि–स्टेटको कुरा एकदम आइरहेको छ भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस्’ ।
आजै प्रमुख साहले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन सम्पूर्ण राज्य शक्ति लगाएर न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउन लागेको आरोप लगाएका थिए ।
के भनेका थिए बालेनले ?
न्युरोडमा महानगर र सडक विभाग आमनेसामने (फोटो फिचर)
FACEBOOK COMMENTS