झापा । झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टि– स्टेट प्रालिका सञ्चालक छत्र गिरीले गिरीबन्धु टि–स्टेट राज्यको सम्पत्ति नभएको बताएका छन् ।
आज बुधबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै गिरीबन्धुका सञ्चालक गिरीले आफ्नो वा आफ्ना परिवारको स्वामित्वमा भएको गिरीबन्धु टि–स्टेट राज्यको सम्पत्ति नभएको बताएका हुन् ।
उनले पत्रकारहरूसामु गिरीबन्धु टि–स्टेट आफ्ना बाबु–बाजेले आर्जेको सम्पत्ति भएको र त्यो सम्पत्ति राज्यको नभएको स्पष्ट पारेका छन् । उनले आफ्नो निजी सम्पत्तिमा विभिन्न प्रकारको अफवाह फैलाइएको दाबी समेत गरेका छन् ।
२०२१ सालमा भूमिसम्बन्धी ऐन लागू हुनुअघि नै गिरीबन्धुले चिया खेती विस्तार गरेको गिरीको भनाइ थियो । हदबन्दी छुटमा ५०० विघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३९० विघा जग्गा रहेको उनको भनाइ छ ।
सर्वोच्च अदालतको हालै गरेको फैसलालाई पालना गर्दै निकास खोज्ने काम भइरहेको उनले बताए । एकै पटक धेरै जग्गा पाउन गाह्रो हुने भएकाले विभिन्न व्यक्तिहरूसँगको सहकार्यमा जग्गाको कारोबार सुरूरु गरेको गिरीले स्वीकार गरे ।

दीपक मलहोत्रा, विष्णुबहादुर राईलगायत व्यक्तिहरूसँग जग्गा विषयमा कारोबार भएको उनले खुलासा गरेका छन् ।

हेर्नुहोस् भिडिओ–



कस्तो छ बेचिएको भनिएको गिरीबन्धु टि–स्टेटको जग्गाको अवस्था ?
गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर
https://corporatekhabar.com/giribandhu-tea-state-land-dispute-interim-order-not-to-implement-the-decision/
सर्वोच्चले सार्वजनिक गर्यो गिरिबन्धु टी स्टेटको जग्गासम्बन्धी फैसलाको पूर्णपाठ
https://corporatekhabar.com/tea-plantation-land-case-demand-for-nationalization/
FACEBOOK COMMENTS