काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले मन्त्रालयको नेतृत्व सम्हालेको १०० दिन पूरा भएको अवसरमा आज पत्रकार सम्मेलन गर्ने भएकी छन्।
कृषि, वन तथा वातावरण मन्त्रालयले बिहीबार बिहान १०:३० बजे सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेको हो। सम्मेलनमार्फत मन्त्री चौधरीले १०० दिनको अवधिमा मन्त्रालयले गरेका प्रमुख कार्य, हासिल भएका उपलब्धि, कार्यान्वयनमा रहेका सुधारका प्रयास तथा आगामी दिनका प्राथमिकता र कार्ययोजना सार्वजनिक गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव, उच्च अधिकारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहनेछ। कार्यक्रममा मन्त्री चौधरीले कृषि, वन तथा वातावरण क्षेत्रका समसामयिक विषयमा मन्त्रालयको धारणा प्रस्तुत गर्नुका साथै सञ्चारकर्मीहरूले उठाउने जिज्ञासाको जवाफ पनि दिनेछिन्।
मन्त्रालयले पत्रकार सम्मेलनमार्फत १०० दिनको कार्यसम्पादनबारे जानकारी दिँदै आगामी योजनाबारे समेत स्पष्ट पार्ने तयारी गरेको छ।