काठमाडौं । ग्लोबल आईएमई बैंकले लाभांश घोषणा गरेको छ । आज बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनसहितको लागि ३.५ प्रतिशत नगद लाभांश गरी कुल १३.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।
FACEBOOK COMMENTS