काठमाडौं । ग्लोबल आइएमई बैंकले आज बार्षिक साधारणसभा बोलाएको छ ।
बैंकले बिहान १० बजे नेपाल प्रज्ञा–पतिष्ठान, कमलादी, काठमाडौंमा सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आवको सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
बैंकले सभाबाट गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । सभा प्रयोजनका लागि बैंकले मंसिर ९ गते बुक क्लोज गरिसकेको छ । मंसिर ८ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।
FACEBOOK COMMENTS