काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ ।
बैंकले फिजिकल मर्चेन्ट जस्तै अनलाइन मर्चेन्ट पनि अक्वायर गर्न सक्नेछ । बैंकका अनलाइन मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुबाट जारी भएको भिजा र मास्टरकार्ड मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
एनसीएचएल र ग्लोबल आइएमई बैंकले नेपालमा ईकमर्स ट्रान्जेक्सनलाई प्रवद्र्धन गर्ने उद्देश्यले अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको जनाएको छ । पेमेन्ट गेटवले दुवै डोमेस्टिक इन्टरनेशनल पेमेन्टहरू सपोर्ट गर्ने भएकोले मर्चेन्टहरुलाई आफ्नो ब्यवसायको दायरा विस्तार गर्न सहज हुनेछ ।
बैंकले ७७ जिल्लामा ३५५ शाखा कार्यालय, ३७९ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS