काठमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ ।
बैंकको ५ अर्बको ऋणपत्र शुक्रबार बाँडफाँट गरिएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ ।
बैंकले माघ २९ गतेदेखि फागुन ५ गतेसम्म वार्षिक ११।२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४र८५’ निष्काशन गरेको थियो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ब्यक्तिगत र ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । सर्वसाधारणलाई छुट्याएको २० लाख कित्तामध्ये ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो ।
ब्यक्तिगत तवरबाट बिक्री गरिएको ऋणपत्रमा २३ जनाले ५२ लाख १५ हजार कित्ताका लागि रितपूर्वक आवेदन दिएका थिए । जुन मागभन्दा १।७४ गुण बढी हो । आवेदन दिएकाहरुलाई समान रुपमा ३० लाख कित्ता वितरण गरिएको छ ।
यस्तै, सर्वसाधारणलाई १९ लाख ३० हजार कित्ता निष्काशन गरिएकोमा १ हजार २६६ जनाले २१ लाख ३१ हजार २९४ कित्ताका लागि आवेदन दिएका थिए । जुन माग गरिएको भन्दा १।१० गुणा बढी हो । जसमा २५ देखि ३ लाख कित्तासम्म माग गर्ने १ हजार २६४ जनालाई ११ लाख ३१ हजार २९४ कित्ता र ५ लाख कित्ता माग गर्ने २ जनालाई समान ७ लाख ९८ हजार ७०६ कित्ता बाँडफाँट गरिएको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS