काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले एकैसाथ चार वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५, बूढानीलकण्ठ, काठमाडौंकै चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुर र तनहुँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखाहरुबाट आज आइतबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराइएको बैंकले जनाएको छ । ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले ३५५ वटा शाखा, ३७६ वटा एटीएम, २७४ वटा शाखारहित बैंकिङ्ग सेवा, ६५ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगर, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS