काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ३ अर्ब २५ करोड २१ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६.५० प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएको छ भने सञ्चालन नाफा बढेको छ । बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशत घटेर ८ अर्ब २ करोड २३ लाख १७ हजार रुपैयाँ रहेको छ भने सञ्चालन नाफा सञ्चालन नाफा १.७२ प्रतिशत बढेर ४ अर्ब २७ करोड ६३ लाख २७ हजार रहेको छ ।
बैंकको वितरणयोग्य नाफा २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४ पैसा बढेर १७ रुपैयाँ ६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ २९ पैसा रहेको छ । बैंकको खराब कर्जा ४.८६ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ ।
३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २८ अर्ब ६९ करोड ७५ लाख रुपैयाँ छ । पुस मसान्तसम्म ६ खर्ब ५ अर्ब ८८ करोड २ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४ खर्ब ३२ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
FACEBOOK COMMENTS