काठमाडौं, १० भदौ ।ग्लोबल आइएमई बैंकले विद्युतिय सवारी साधान खरिदका लागि प्रिमियम सहित ७.२९ प्रतिशत ब्याजदरमा कर्जा उपलव्ध गराउने भएको छ ।
दशै ,तिहार, छट लगायतका चाडपर्वलाई लक्षित गरी उक्त योजना ल्याएको बैंकले जनाएको छ । यसैगरी सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८।१९ प्रतिशत ब्याजदर (प्रिमियमसहित) मा अन्य सवारी साधन कर्जाका साथै ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ बर्ष अबधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यो योजना निजी प्रयोजनको लागि बिभिन्न नयाँ सवारी साधन खरीदको लागि उपलब्ध हुने बताइएको छ । कर्जा आवेदन प्रकृया पूरा भएको २ कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध बताइएको छ ।
FACEBOOK COMMENTS