काठमाडौं । ग्लोबल आइएमई बैंकले ह्याप्पी आवर्स योजना सार्वजनिक गरेको छ ।
योजनाअनुसार बैंकका ग्राहकले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउने बैंकले जनाएको छ ।
योजना यही चैत १९ देखि २०८० वैशाख १६ गतेसम्म कायम रहने जनाइएको छ ।
ग्राहकले दिनको पहिलो भुक्तानी तथा कारोबार प्रतिदिन एक कारोबारको मात्र क्यासब्याक प्राप्त गर्न बैंकले बताएको छ ।
मोबाइल बैंकिङ एप्लिकेशनलाई प्रवर्द्धन गर्न क्यासब्याक योजना सार्वजनिक गरेको बैंकको भनाइ छ ।
FACEBOOK COMMENTS