काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा २२ करोड ७६ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । यो भनेको अघिल्लो आवको सोही अवधिको तुलनामा २८३.०९ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५ करोड ९४ लाख २६ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा आएको सुधारले नाफा बढाउन सफल देखिएको छ । गत आवको असार मसान्तसम्म आईपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ७२.५१ प्रतिशतले बढेर ४५ करोड ३१ लाख १७ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि २४१.१४ प्रतिशतले बढेर ३१ करोड ३२ लाख ९४ हजार रुपैयाँ रहेको छ ।
४३ करोड १७ लाख १० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड ५४ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
२ अर्ब १३ करोड ८६ लाख ८१ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले ६ अर्ब १६ करोड २६ लाख २ हजार हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
कम्पनीको खराब कर्जा ०.७२ प्रतिशतबाट बढेर २.६६ प्रतिशतमा पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ०२ पैसा रहेको छ ।
FACEBOOK COMMENTS