काठमाडौ । गणितीय तर्कलाई सोच्ने र बहस गर्ने क्षमतासँग जोड्ने उद्देश्यले सञ्चालन हुँदै आएको ग्लोबल म्याथ डिबेट लिग (जिएमडिएल) ले सन्२०२६ का लागि क्षेत्रीय तथा राष्ट्रिय चरणका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
विद्यालय तहका विद्यार्थीहरूमा आलोचनात्मक सोच, प्रभावकारी अभिव्यक्ति र समूहमा मिलेर समस्या समाधान गर्ने क्षमता विकास गर्ने लक्ष्यसहित यो लिग देशकै
महत्वपूर्ण शैक्षिक प्रतियोगिताका रूपमा अघि बढिरहेको छ । फेब्रुअरी २०२६ भरि देशका पाँच स्थानमा क्षेत्रीय प्रतियोगिता आयोजना गरिनेछ, जसमा विभिन्न क्षेत्रका विद्यालयहरूको सहभागिता रहनेछ । क्षेत्रीय प्रतियोगिताको सुरुआत झापामा फेब्रुअरी ४ र ५ मा हुनेछ ।
त्यसपछि चितवनमा फेब्रुअरी ७ र ८, बुटवल–भैरहवामा फेब्रुअरी १० र ११ तथा पोखरामा फेब्रुअरी१३ र १४ मा प्रतियोगिता हुनेछ । अन्तिम क्षेत्रीय चरण काठमाडौंमा फेब्रुअरी १६ र १७ मा आयोजनागरिनेछ ।क्षेत्रीय चरणबाट छनोट भएका उत्कृष्ट टोलीहरूको सहभागितामा राष्ट्रिय प्रतियोगिता फेब्रुअरी २१ र२२, २०२६ मा काठमाडौंमा सम्पन्न हुनेछ ।
जिएमडिएलका सह–संस्थापक दिवेश बथिजाले भने, “हामी गणितलाई केवल रटेर सिक्ने विषय होइन,बहस गर्ने, तर्क गर्ने र वास्तविक जीवनका समस्यामा प्रयोग गर्न सकिने विषयका रूपमा विकास गर्दैछौं। नेपालका पाँच क्षेत्रमा आयोजना हुने प्रतियोगिता र बलिया साझेदारीमार्फत हामी विश्व मञ्चमाप्रतिस्पर्धा गर्न सक्ने सोचयुक्त विद्यार्थीहरूको नयाँ पुस्ता तयार गरिरहेका छौं ।”यस संस्करणमा विभिन्न शैक्षिक तथा संस्थागत साझेदारहरूको सक्रिय सहकार्य रहेको छ ।
ज्ञान रशिक्षण सामग्रीका लागि विश्वभर परिचित ब्रिटानिका इंक अनुसन्धान तथा सीप प्रविधि साझेदारको रूपमा जिएमडिएलसँग जोडिएको छ । यस सहकार्यले लिगलाई विश्वसनीय सामग्री, गहिरो अनुसन्धानर भविष्यका लागि आवश्यक सीपहरूमा अझ सुदृढ बनाएको छ । त्यस्तै, दुबईस्थित एजुकेस र ल्याबअफ फ्युचरले पनि आफ्नो अनुभव र सहयोगमार्फत लिगको सफलतामा योगदान दिइरहेका छन्।क्षेत्रीय स्तरमा पनि सहकार्यले लिगको पहुँच विस्तार गरेको छ ।

झापामा आयोजना हुने प्रतियोगिताआस्था कलेजको सहकार्यमा हुनेछ । बुटवल–भैरहवामा लुम्बिनी वल्र्ड स्कूलसँग मिलेर प्रतियोगिताआयोजना गरिनेछ भने पोखरामा कुमुदिनी होम्स स्कूलले सह–आयोजकको भूमिका निर्वाह गर्नेछ, जसलेगण्डकी प्रदेशमा लिगको प्रभाव बढाउने अपेक्षा गरिएको छ । प्रतियोगिताका दिनमा सहभागी र आयोजक टोलीका लागि फुड पार्टनरका रूपमा फुडमान्डुले खानाकोव्यवस्था गर्नेछ ।

त्यसैगरी, टिबिजी नेपाल (द बियोन्ड ग्रुप नेपाल) ले फ्र्याक्सन प्रायोजकका रूपमा यसपहललाई समर्थन गर्दै शिक्षा र युवा विकासप्रति आफ्नो प्रतिबद्धता जनाएको छ ।देशभरका विद्यालयहरूको सहभागिता र साझेदारहरूको बलियो सहयोगका कारण ग्लोबल म्याथ डिबेटलिगले गणितलाई हेर्ने दृष्टिकोणमा नयाँ परिवर्तन ल्याइरहेको छ ।

यसले गणितलाई केवल पाठ्यपुस्तकमासीमित विषय नभई बहस, तर्क र व्यवहारिक प्रयोगसँग जोडिएको जीवन्त सिकाइको माध्यमका रूपमास्थापित गरिरहेको छ ।जिएमडिएलको २०२६ संस्करण नेपाली शैक्षिक क्षेत्रमा एक महत्वपूर्ण अवसरका रूपमा देखिएको छ । यसले विद्यार्थीहरूलाई गणितमार्फत सोच्ने, तर्क गर्ने र आत्मविश्वासका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रियमञ्चमा प्रस्तुत हुन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

FACEBOOK COMMENTS