झापा । नेपाल राष्ट्र बैंकको आह्वानमा विश्वव्यापी रूपमा मनाइदै आएको ग्लोबल मनी विक विश्वव्यापी मुद्रा सप्ताह २०२६ को अवसरमा “स्मार्ट पैसाको बारेमा कुरा गर्छ” भन्ने मूल नारासहित बिर्तामोडमा वित्तीय साक्षरता सम्बन्धी प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा बिर्तामोडमा अवस्थित विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका झण्डै २५० जनाकर्मचारीहरुको सहभागिता थियो । कार्यक्रममा सहभागीहरूले वित्तीय साक्षरता अभिवृद्धि, बचतसंस्कृतिको विकास, डिजिटल बैंकिङको प्रयोग, जिम्मेवार खर्च तथा उचित लगानीसम्बन्धी सन्देशप्रवाह गर्दै बिर्तामोडका विभिन्न स्थानमा प्रभातफेरी गरेका थिए ।
इ.सं. २०१२ बाट शुरु भएको ग्लोबल मनी वीक अभियान हाल विश्वका १७० भन्दाबढी देशहरुमा हरेक वर्ष विशेषत: किशोर तथा युवामा वित्तीय शिक्षाको महत्व सम्बन्धमा जागरणल्याउने उद्देश्यले वित्तीय साक्षरताको विभिन्न कार्यक्रमहरु आयोजना गरी सप्ताहव्यापी रुपमामनाउने गरिन्छ ।
उक्त कार्यक्रमबारे कुरा गर्दै एक्सेल डेभलपमेण्ट बैंकका नायब महाप्रबन्धक अशोक क्षेत्रीले वित्तीयसाक्षरता कार्यक्रमहरुले विशेष गरी युवा वर्गमा स्वस्थ वित्तीय बानीहरुको विकास गर्ने, वित्तीयअनिश्चितताहरुसंग सजग रहने तथा भविष्यका वित्तीय योजनाहरु निर्माणको निम्ति सचेतनाजगाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

FACEBOOK COMMENTS