काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको साधारण सभा आगामी बिहीबार (मंसिर २८ गते) बस्ने भएको छ ।
नेपाल प्रज्ञा पतिष्ठान, कमलादीमा बिहान ९ बजे सुरु हुने सभामा बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते बुक क्लोज गरेको छ । मंसिर १२ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेको उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
FACEBOOK COMMENTS