काठमाडौं । ग्लोबल एजुकेसन (जिइडियु) पार्टनर्स मिट २०२४ काठमाडौंको हयात रिजेन्सीमा बुधवार भव्य सफलताका साथ सम्पन्न भएको छ ।
नेपालको उच्च शिक्षा क्षेत्रलाई रुपान्तरण गर्ने दिशामा यस मिट एक कोशे ढुंगा सावित बताइन्छ । यस कार्यक्रममा ३ सय भन्दा बढी शैक्षिक जगतका साझेदार, विज्ञ, वुद्धिजीवी र अन्य विशिष्ट व्यक्तित्वहरुको सहभागीता थियो ।
कार्यक्रममा जिइडियुले नेपालको शैक्षिक प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने दृढ प्रतिबद्धता व्यक्त भयो । कार्यक्रमलाई सम्बोधन गर्दै (जिइडियु) का प्रमुख कार्यकारी अधिकृत डा. विश्वजीत राणाले जिइडियुको बृहत विश्वव्यापी सञ्जाल मार्फत नेपालको उच्च शिक्षा विकासलाई निरन्तर नँया उचाई पुर्याउने आफ्नो दूरगामी सोच रहेको बताए । जिइडियुले दुबई, माल्टा, फ्रान्स, जर्मनी, अमेरिका, अष्ट्रेलिया लगायतका देशहरूमा नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा र रोजगारीका अवसरहरू प्रदान गरिरहेको छ ।
डा. राणाले जिइडियु आफ्नो “शिक्षामार्फत जीवन परिवर्तन” गर्ने लक्ष्य अनुरुप नेपालका विभिन्न सहरहरूमा शैक्षिक पहुँच विस्तार गर्न दृढताका साथ अगाडि बढिरहेको पनि जानकारी दिए ।
उनका अनुसार जिइडियुका “ विश्वभरी रहेका १२ क्याम्पसहरूमा प्रदान गरिने शैक्षिक कार्यक्रमहरूबाट हालसम्म ६ हजार भन्दा बढी विद्यार्थीहरू लाभान्वित भएका छन र यीमध्ये नेपाली विद्यार्थी भाषित हरूलाई विदेशमा गुणस्तरीय शिक्षा र विविध सांस्कृतिक अनुभवहरू हासिल गर्न मद्दत मिलिरहेको छ ।“
त्यसैगरी, जिइडियुको सार्क क्षेत्र प्रमुख कुबेर कपूरले यो कार्यक्रमलाई “अपूर्व सफलता”को रुपमा परिभाषित गर्दै जिइडियु यसका नेपालस्थित साझेदार र अन्य सम्वद्ध निकायहरुसँग सहकार्य एवं समन्वय गरी नेपाली विद्यार्थीहरूलाई उच्चस्तरीय अन्तर्राष्ट्रिय शिक्षाको पहुँच गराउने प्रतिबद्धता व्यक्त गरे ।
उनले जिइडियुका विश्वभर रहेका उत्कृष्ट क्याम्पसहरूले नेपाली विद्यार्थीहरूको लागि उच्च शिक्षा प्राप्त गर्न मार्ग खुला गर्ने कुरा पनि बताए ।
पार्टनर्स मिटमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष शेषराज भट्टराई , स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को गण्डकी प्रदेश समिति अध्यक्ष सञ्जय सुवेदी , इक्यान पूर्वअध्यक्ष बिष्णु हरि पाण्डे र प्रकाश पाण्डे ले पनि उपस्थिति जनाएका थिए ।
कार्यक्रममा जिइडियुले आफ्नो लक्ष्य प्राप्ति तर्फको यात्रामा सक्रिय सहयोग गर्ने नेपालका उत्कृष्ट साझेदारहरूलाई सम्मान गरेको थियो ।
“ग्लोबल एजुकेसन पार्टनर्स मिट २०२४“ नेपालमा हालसम्म आयोजित सबैभन्दा ठूलो शैक्षिक कार्यक्रम हो। यो नेपालको उच्च शिक्षा क्षेत्रलाई रुपान्तरण गर्ने दिशामा यस मिट एक कोशे ढुंगा सावित भएको बताइन्छ ।
FACEBOOK COMMENTS