काठमाडौँ । ग्लोकल द्वारा आयोजित गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो २०२४ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ ।
देशभरिका किशोर किशोरीहरुबाट कुल ७०९ आवेदन आएकोमा अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा गरिएको हो । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गरी अरु माझ चिनाउने कार्यक्रम ‘ग्लोकल टिन हिरो नेपाल’ को यो दशौं संस्करण हो ।
ग्लोकल टिन हिरो नवौँ संस्करणका अन्तिम ६ प्रतिस्पर्धीहरु आर्यन सिग्देल, १७, शिक्षक र अभियन्ता, तनहुँ, अतिथ अधिकारी, १७, सामाजिक उद्यमी, बाँके, माधव खनाल, १८, लेखक, लमजुङ, निराजन रिमाल, १८, विज्ञान उत्साही, काठमाडौं, प्रीति पन्थ, १८, सामाजिक अभियन्ता, गुल्मी र श्रुति तिवारी, १८, वातावरण अभियन्ता, धनुषा रहेका छन् ।
प्रतिस्पर्धी छनोटको निर्णायक टोलीमा यस वर्ष कोका–कोला कम्पनी नेपालका देश निर्देशक आदर्श अवस्थी, नेपालका लागि यूएनएचसीआर प्रतिनिधि क्यारोलिन स्पन्नुथ वर्मा, ज्योति गु्रपका निर्देशक सौरभ ज्योति, गोल्छा गु्रप प्रा लिका निर्देशक सीमा गोल्छा र युनिसेफ नेपालका प्रतिनिधि रहेका छन् ।
FACEBOOK COMMENTS