काठमाडौं । भारतको गोवास्थित एक नाइट क्लबमा भएको आगलागीमा परी चार जना नेपालीले ज्यान गुमाएको खुलेको छ ।
सोमबार भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले सार्वजनिक गरेको मृतकको सूचीमा चार जना नेपाली नागरिकको पनि नाम उल्लेख छ ।
आइतबार ब्रिच बाइ रोमियो लेन नाइटक्लबमा भएको आगलागीमा २५ जनाले ज्यान गुमाएका थिए । त्यसमध्ये चार जना नेपालीहरूसमेत रहेको टाइम्सले जनाएको छ ।
ज्यान गुमाउने नेपालीहरूमा चुर्णबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीप रहेको खुलेको छ ।
परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले पनि नेपाली नागरिक परेको पुष्टि गरेका छन् ।

FACEBOOK COMMENTS