काठमाडौं । राष्ट्रिय योजना आयोगले १६ औं आवधिक योजनामा आर्थिक वर्ष २०८५–८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँ भन्दा माथि र्पुयाउने लक्ष्य राखेको छ ।
बुधवार राष्ट्रिय योजना आयोगले १६ औं आवधिक योजनाको लक्ष्यहरु सार्वजनिक गर्दै आर्थिक वर्ष २०८५–८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ सय ३ खर्ब ७ अर्ब रुपैयाँ र्पुयाउने लक्ष्य पुर्याउने जनाएको हो । आयोगले पञ्चवर्षिय योजनामा २०८०–८१ मा ५७ खर्ब माथि पुग्ने अनुमानका आधारमा २०८५–८६ सम्म जीडीपी १ सय ३ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने लक्ष्य राखेको आयोगका प्रवक्ता यमलाल भुसालले बताए । उनले आर्थिक वर्ष २०८५–८६ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत र्पुयाउने लक्ष्य १६ औं योजनाले लिएको बताए । उनले १६ औं योजनामा औषत आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य लिएको बताए । आगामी आर्थिक वर्ष २०८१–८२ मा ६ प्रतिशत, २०८२–८३ मा ६.६, २०८३–८४ मा ७.४, २०८४–८५ मा ७.९ र २०८५–८६ मा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुुने लक्ष्य १६ औं योजनाले लिएको उल्लेख गरे । उनले नेपालीको १ हजार ४५६ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकामा आगामी पाँच वर्ष अर्थात आर्थिक वर्ष २०८५–८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर र्पुयाउने गरी प्रतिव्यक्ति आय बढ्ने लक्ष्य राखिएको बताए । यस्तै गरिबीको रेखामुनि रहेको जनसंख्या १२ प्रतिशतमा झार्ने पनि आयोगको लक्ष्य लिएको पनि बताए । १६ औं योजनाले मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने, औषत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत र्पुयाउने,बेरोजगारी दर ५ प्रतिशतमा सिमित गर्ने १६ औं योजनाको लक्ष्य राखेको छ ।
उनले १६ औं योजनाले विद्युत उत्पादन ११ हजार ७ सय ६९ मेगावाट र विद्युत पहुँच शतप्रतिशत जनसंख्यामा पु¥याउने र इन्टरनेट ९० प्रतिशत जनसंख्यामा र्पुयाउने लक्ष्य लिएको पनि बताए । त्यस्तै कृषि क्षेत्रमा २१ प्रतिशत योगदान र गैरकृषि क्षेत्रमा ७९ प्रतिशत पु¥याउने लक्ष्य योजनाले राखेको छ । १६ औं योजनामा आगामी पाँच वर्षमा सार्वजनिक,निजी र सहकारी गरी २.६ प्रतिशतले लगानी बढाउने लक्ष्य राखेको छ ।
FACEBOOK COMMENTS