काठमाडाैं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज सुनको मूल्य तोलामा एक हजार ८०० रुपैँयाले बढेकाे हाे ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी दुई हजार ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
FACEBOOK COMMENTS