काठमाडौं । दुई पाइये विदयुतीय सवारी साधनका लागि ब्याट्री(स्वापिङ प्रविधिमा विश्वव्यापी अग्रणी गोगोरोले काठमाडौँ उपत्यकाभरि पूर्ण रूपमा सञ्चालित ४५ ब्याट्री स्वाप स्टेशनहरू स्थापना गरेको छ ।
गोगोरोले आफ्नो प्रतिवद्धता अनुरुप स्मार्ट स्कुटरको बिक्री गर्नु अघि नै बलियो नेटवर्क पूर्वाधार निर्माण गरेको जनाएको छ । सहरी यातायातलाई दिगो र प्रभावकारी समाधान दिने गोगोरोको लक्ष्यमा यो एउटा महत्वपूर्ण उपलब्धि भएको जनाएको छ ।
प्रत्येक २ देखि ३ किलोमिटरमा अवस्थित गोगोरोका ४५ स्वाप स्टेशनहरूले चार्जिङको लागि पर्खने झन्झट हटाउँदै फूल चार्ज गरिएका ब्याट्रीहरूमा सजिलै पहुँच प्रदान गर्ने जनाएको छ ।
६ सेकेन्ड समय लाग्ने स्वापका कारण नेपाली ईभी प्रयोगकर्ताहरूले निर्वाध यात्राको आनन्द लिन सकिने जनाएको छ । गोगोरो स्वाप स्टेशनका प्रमुख विशेषताहरूमा यात्रुहरुलाई सहज हुने गरी प्रमुख शहरी र आसपासका क्षेत्रहरुमा अवस्थित स्वाप स्टेशन रहनु हो ।
स्वाप स्टेशन चौबिसै घण्टा सञ्चालनमा रहने छ । सहज इन्टरफेस पहिलो पटक प्रयोग गर्नेहरुका लागि पनि सहज र सरल ब्याटी स्वाप प्रणाली हुनेछ ।
FACEBOOK COMMENTS