काठमाडौं । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुदै । संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा वैशाख ६ गते बिहीबारदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।
बैशाख ६ गते बाट शुरूवात भई बैशाख १३ गतेसम्म चल्ने महायज्ञ गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित संयुक्त अपाङ्ग एकता आवाज केन्द्रको प्रांगणमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) हुने भएको छ ।
सो अवसरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका साथै श्रृङ्गारिक महा–आरती महोत्सव पनि हुनेछ । वैशाख ६ गते बिहान कलश यात्रा हुनेछ । महायज्ञमा कथावाचन सुप्रसिद्ध पं. चन्द्रकान्त काफ्लेबाट हुनेछ ।
संयुक्त अपाङ्ग एकता आवाज केन्द्र बरिस्ठ समाजसेवी तिल बहादुर कार्कीले स्थापना गर्नु भएको हो भने अहिले केन्द्रमा ५७ जना बालबालिकाहरु आश्रित रहेमा छन् ।
संस्थामा आश्रित बालबालिकाहरुको सहयोगार्थ आयोजना गरिएको सप्ताहमा संस्थाको भौतिक विकास, आश्रित बालबालिकाहरुका लागि राम्रो शिक्षा, स्वास्थ्यको व्यवस्था गर्ने उदेश्यले पितृ मोक्षसहितको सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको अध्यक्ष कार्कीले बताउनु भयो ।
यस धार्मिक ज्ञान महाज्ञानमा सम्पूर्ण भक्तालुजनहरुमा ऊपस्थित भई कथा श्रवण गर्नुहुन र मन, बचन र कर्मले सक्दो सहयोग गर्नुहुन सम्पूर्ण दाजुभाई दिदिवहिनीहरुमा कार्कीले हार्दिक अनुरोध गर्नु भएको छ । थप जानकारीको लागि 9851087049 नम्बरमा मा सम्पर्क गर्न समेत आयोजकले अनुरोध गरेको छ।
FACEBOOK COMMENTS