काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार नगर्ने बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखक पक्राउ परेपछि सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले देश बालेन युगमा जान्छ भन्थे, ब्याकहोलतिर जाने देखिएको र पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार नगर्ने बताएका हुन् ।
उनले पुर्वाग्रह र प्रतिशोध राम्रो नभएको बताउदै भनेका छन्- ‘बालेन युगमा जान्छ भन्थे- ब्याकहोलतिर जाने देखियो । पार्ट टु भनौ होला । पार्ट थ्री कति समयमा पुग्ने हो ? पाकिस्तानी र बङगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन । पुर्वाग्रह र प्रतिशोध फाईनल्ली राम्रो हुदै होईन । जसलाई जे सुकै लागोस ।’
FACEBOOK COMMENTS