काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति कटाक्ष गर्दै फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले नेपालका वामपन्थी मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासगर जस्ता प्रवृत्तिबाट अभिशप्त रहेको बताएका छन् ।
यसअघि शुक्रबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत पार्टी छाडेकाहरूलाई घर फर्किन आह्वान गरेका थिए ।
बास्कोटाले भनेका छन्–
फुटेपछि एकताको आवश्यकता याद गर्नु वाहियात हो । तर, नेपालका वामपन्थी त्यै प्रवृत्तिबाट अभिशप्त छन । मिसिने तर नमिल्ने हिन्द र प्रशान्त महासगर जस्ता । कारण– गहिराइको चाप र नेतृत्वको राप । फुटभन्दा जुट राम्रो तर ढोक्सामा परेको माछी नहुनू, अर्कोले तारेर खाए वा सुरुवा बनाएर पिए पनि हुने ।

FACEBOOK COMMENTS