काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले दलहरुले चुनाव जित्ने गरेको दाबीप्रति व्यंग्य गर्दै सबैले एकल सरकार बनाएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले चुनाव जित्ने दावी र सिट आकंलन सुन्दा पढ्दा कोहि पनि दोस्रो नहुने भन्दै सबैले जितेको मात्र हैन एकल सरकार नै बनाई सकेको देखिएको बताएका हुन् ।
उनले मतदाताको मनमा के छ, त्यो परिणाम त त्यै प्रकट होला भन्दै भनेका छन्– ’चुनाव जित्ने दावी र सिट आकंलन सुन्दा पढ्दा कोहि पनि दोस्रो हुदैन । सबैले जितेको मात्र हैन एकल सरकार नै बनाई सकेको देखियो।तर खास कुरो मतदाताको मनमा के छ ? परिणाम त त्यै प्रकट होला । होहल्ला, झुठमुट, आरोप प्रत्यारोप त युरोप अमेरिकामा त देखिन्छ यो त नेपाल मामुली कुरो भैगो ।’
अघिल्लो निर्वाचनमा काभ्रे–२ बाट विजयी भएका बास्कोटा यस पटक चुनावी प्रतिष्पर्धामा उत्रिएका छैनन् ।
FACEBOOK COMMENTS