काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले केही गम्भिर गडबडीको खिचडी पाक्दै गरेका आशङ्का राजनीतिक बजारमा ब्याप्त रहेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल लेख्दै नेता बास्कोटाले क–कसले के–के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्– ’फेरि केही गम्भिर गडबडीको खिचडी पाक्दै गरेका आशङ्का राजनीतिक बजारमा ब्याप्त । ककसले के के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो था छैन । राष्ट्रियता र लोकतन्त्र दल, नेता र ब्यक्ति भन्दा जहल्यै माथि नरहे सम्म हरेक पुस्ताले खेप्ने हैरानी उस्तै ।
FACEBOOK COMMENTS