काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले आफूले सामाजिक सञ्जालसम्बन्धी कानुन ल्याउन खोज्दा रोक्ने र आफ्नो आलोचना गर्नेहरूप्रति कटाक्ष गरेका छन् ।
बास्कोटाले सामाजिक सञ्जालमा लेख्दै आफूले समाजलाई सामाजिक सञ्जालबाट अप्रमाणित र तनावपूर्ण प्रदूषणको कोठे कैदी बन्नबाट रोक्न कानुन ल्याउन खोज्दा ‘द डेथ अफ फ्रीडम मदर’ भनेर ठाउँठाउँमा क्रिया बस्ने अहिले सुक्सुकाउँदै गरेको टिप्पणी गरेका हुन् । उनले आफू अहिले हेरेको हेर्यै भएको समेत उल्लेख गरेका छन् ।
उनले भनेका छन्–
मैले सरकारलाई अन्धाधुन्ध कानुनको प्रयोग रोक्न, समाजलाई सामाजिक सञ्जालबाट अप्रमाणित र तनावपूर्ण प्रदूषणको कोठे कैदी बन्नबाट रोक्न सूचना प्रविधि, समाजिक सञ्जाल र आमसञ्चार कानुन ल्याउन खोज्दा ‘द डेथ अफ फ्रीडम मदर’ भनेर ठाउँठाउँमा क्रिया बस्ने अहिले सुक्सुकाउँदै रहेछन् । म त हेरेको हेर्यै !
FACEBOOK COMMENTS